काठमाडौँ। नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराई आज करीब एक महिना लामो प्राज्ञिक भ्रमणका लागि संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् ।
भ्रमणका क्रममा उनले अमेरिकाका प्रबुद्ध र प्राज्ञिक व्यक्तित्व, नीति निर्माता, चिन्तक, प्राध्यापक, दक्षिण एशियाका बारेमा जानकारी राख्ने स्तम्भकार तथा लेखक, विकासका क्षेत्रमा कार्यरत व्यक्तित्व र प्रवासी नेपाली तथा दक्षिण एशियाली मुलुकका प्रवासीसँग पनि अन्तरक्रिया गर्ने उनका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिए ।
डा भट्टराई आगामी असोज २२ गते स्वदेश फर्किने छन् । डा.भट्टराईको यस भ्रमणको सम्पूर्ण व्यवस्थापन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले गर्ने बताइएको छ ।