• २०८१ बैशाख १५ शनिबार

फुलह्याममाथि म्यानचेस्टर सिटीको सहज जीत, साने, सिल्भा र स्टरलिङले गरे गोल 

kharibot

काठमाडौँ। इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले फुलह्यामलाई पराजित गरेको छ। गएराती भएको खेलमा सिटीले फुलह्यामलाई ३-० गोल अन्तरले पराजित गरेको छ। 

सिटीको जितमा लिरोय साने, डेभिड सिल्भा र रहिम स्टरलिङले गोल गोल गरेका थिए । सिटीको प्रिमियर लिगको ५ खेलमा यो चौथो जित हो भने एक खेल बराबरीमा रोकिएको थियो।  सिटी ५ खेलमा १३ अंकसहित लिगको तेस्रो स्थानमा रहेको छ। त्यस्तै फुलह्यामले भने ५ खेलमा एक जित, एक बराबरी र ३ हार गरी ४ अंक हासिल गरेको छ। 

यस खेलमा खेल सुरु भएको एक मिनेट ३६ सेकेन्डमै सानेले गोल गरेर यस सिजनमा प्रिमियर लिगमा अहिलेसम्मकै छिटो गोल गरेका छन्। उनेल सिटीका लागि इथियाड स्टेडियममा खेलेका पछिल्ला १६ खेलमा १८ गोलमा आफ्नो योगदान दिएका छन् जसमा ४ फोल र १२ असिस्ट समावेश रहेका छन्। 

सिटीले अब आउदो खेल च्याम्पियन्स लिग अन्तर्गत फ्रेन्च क्लब लियोनसँग आफ्नै मैदानमा खेल्ने छ भने प्रिमियर लिगमा कार्डिफ सिटीको सामना गर्ने छ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै