• २०८१ बैशाख १४ शुक्रबार

प्रिमियर लिगमा आर्सनलको लगातार तेस्रो जित, जाखा र ओजीलले गरे गोल 

kharibot

काठमाडौँ।  इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले न्युक्यासललाई पराजित गर्दै प्रिमियर लिगमा लागातार तेस्रो जित हासिल गरेको छ।  यस सिजनमा सुरुका दुई खेलमा हर बेहोरेर खराब सुरुवात गरेको आर्सनल अन्तत लयमा फर्किएको हो। आर्सनलले न्युक्यासललाई २-१ गोल अन्तरले पराजित गरेको हो। 

आर्सनलको जितमा ग्रान्ट जाखा र मेसुट ओजिलले गोल गरेका छन् भएन न्युक्यासलको लागि खेलको अन्त्य तिर कियारन क्लार्कले गोल गरेका थिए। पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा तिनै गोल दोस्रो हाफमा भएका थिए। आर्सनलका लागि जाखाले फ्री-किकबाट उत्कृष्ट गोल अग्र्दै आर्सनललाई सुरुआति अग्रता दिलाएका थिए। 

यो जितसँगै आर्सनलको प्रिमियर लिगमा ५ खेलमा ९ अंक भएको छ।  आर्सनलले सन् २०१७ को मे देखि प्रिमियर लिगमा लगातार तीन खेल पहिलो पटक जितेको छ। 

आर्सनलले अब अर्को खेल युरोपा लिगअन्तर्गत युक्रेनको क्लब भोर्स्क्ला पोल्टाभासँग घरेलु मैदानमै खेल्ने छ भने प्रिमियर लिगमा एभर्टनसँग खेल्ने छ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै