• २०८१ बैशाख १५ शनिबार

खोलाले बगाउँदा ताइवानका पर्यटक बेपत्ता

kharibot

कास्की। पदयात्राका क्रममा अन्नपूर्ण क्षेत्रमा पुगेका एक विदेशी पर्यटकलाई खोलाले बगाएको छ । 

ताइवानका ६६ वर्षीय हुई जू चिइन अन्नपूर्ण आधार शिविरबाट फर्किने क्रममा शुक्रबार दिउँसो ३ बजे कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हिम्कु खोलाले बगाउँदा बेपत्ता भएका हुन् । आठ जनाको समूहमा पदयात्रामा पुग्नुभएका पर्यटक चिइन चिप्लेर खोलामा बेपत्ता भएको घान्दु्रक प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक तुलबहादुर गुरुङले जानकारी दिए । टोलीमा गाइड र पोर्टर गरी सातजना नेपाली पनि सहभागी थिए । 

शनिबार दिनभर उनको खोजी गर्दा पनि फेला पार्न नसकिएको गुरुङ बताउछन् । घटनास्थल प्रहरीचौकीबाट १३ घण्टा पैदल दूरीमा छ । लगातारको वर्षा र साँघुरो खोँच भएकाले खोजीमा कठिनाइ भएको प्रहरीको भनाइ छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै