• २०८१ बैशाख १५ शनिबार

एशिया कपमा हङकङको खराब सुरुवात, पाकिस्तान ८ विकेटले विजयी 

kharibot

काठमाडौँ।  एशिया कप अन्तर्गत पाकिस्तानले हङकङलाई पराजित गरेको छ।  गएराती भएको खेलमा हङकङ पाकिस्तानसँग ८ विकेटले पराजित भएको छ। हङकङले दिएको ११७ रनको लक्ष्य पछायाएको पाकिस्तानले २३.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्दै खेल ८ विकेटले जितेको हो। 

पाकिस्तानको जितमा इमाम उल हकले ५० रन बनाए भने फखर जमानले २४ तथा बबर अजामले ३३ रनको योगदान दिएका थिए। हङकङका बलर इशान खानले २ विकेट लिएका थिए। 

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको हङकङले ३७.१ ओभरमा लआउट हुदै केबल ११६ रन बनाएको थियो। हङकङका लागि एजाज खानले सर्वाधिक २७ रन बनाए भने किञ्चित शाहले २६, कप्तान अंशुमन राठले १९ तथा निजाकत खानले १३ रन बनाएका थिए।  हङकङलाई सस्तैमा समेट्ने क्रममा पाकिस्तानका बलर उसमान खानले ३ विकेट लिएका थिए भने हसन अलि र सहबाब खानले २-२ विकेट लिएका थिए। त्यस्तै फाहिम असरफले एक विकेट लिए। 

३ विकेट लिएका बलर उसमान खान खेलको म्यान अफ द म्याच बनेका थिए।  उनले ७.३ ओभर बलिङ गर्दै १९ रन दिएर हङकङका ३ विकेट लिएका थिए। 
एशिया कपमा आज अफगानिस्तान र श्रीलंका बीच खेल हुने छ।         

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय