• २०८१ बैशाख १६ आइतबार

बंगलादेशले जित्यो यू-१९ एशिया कपको उपाधि

kharibot

काठमाडौं । बंगलादेशले यू-१९ एशिया कपको उपाधि जितेको छ ।

आइतबार सम्पन्न फाइनल खेलमा युएईलाई १९५ रन अन्तरले पराजित गर्दै बंगलादेशले यू-१९ एशिया कपको उपाधि जितेको हो ।

बंगलादेशले दिएको २८३ रनको लक्ष्य पछाएको युएईले २४.५ ओभरमा अलआउट हुदै केवल ८७ रन मात्र बनाएको थियो । यस अघि पहिला ब्याटिंग गर्दै बंगलादेशले ५० ओभरमा ८ विकेट गुमाउदै २८२ रन बनाएको थियो ।

यस खेलमा १२९ रनको शतकीय पारी खेलेका बंगलादेशका आशिकुर रहमान शिब्ली खेलको प्लेयर अफ द म्याच र प्लेयर अफ द सिरिज बनेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै