• २०८१ बैशाख १५ शनिबार

कपिलवस्तु घटना ११ वर्ष बित्दा पनि पीडितले राहत नपाएको गुनासो

kharibot

कपिलवस्तु। कपिलवस्तु घटनाका पीडितले ११ वर्ष बित्दा पनि अझै राहत पाउन नसकेको गुनासो गरेका छन् । विसं २०६४ भदौ ३० गतेका दिन अज्ञात समूहको गोली प्रहारबाट स्थानीय नेता अब्दुल मोहिद खानको मृत्युपछि चन्द्रौटालगायतका क्षेत्रमा साम्प्रदायिक हिंसा भड्किंदा ठूलो जनधनको क्षति भएको थियो । 

कपिलवस्तु घटना पीडित सङ्घर्ष समितिका अध्यक्ष महादेव पोख्रेलले घटना भएको ११ वर्ष बित्दा पनि आजसम्म पीडितले राहत नपाएको बताए । उक्त घटनामा १४ जनाको हत्या, एक हजार ५६ घर तथा पसलमा तोडफोड, आगजनी र लुटपाट, २५६ बढी सवारी साधनमा आगजनी गरिएको थियो । 

घटनाको अनुसन्धान गर्न तत्कालीन सरकारले पूर्वन्यायाधीश लोकेन्द्र मल्लिकको संयोजकत्वमा गठन गरेको आयोगले प्रतिवेदन पनि बुझाइसकेको छ । आयोगले सवारी साधन बाहेक करीब रु २० करोड बढी क्षति भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । घटनापीडित सङ्घर्ष समितिले रु ५० करोडको क्षति भएको बताएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै