• २०८१ बैशाख १७ सोमबार

भजन गायक अनुप जलोटा ३७ बर्ष कम उमेरकी युवतीको प्रेममा !

kharibot

मुम्बई। भारतीय टेलिभिजनमा आइतबारदेखि सुरु भएको रियालिटी शो बिग बोसमा भजन गायक अनुप जलोटाको अफयेर्सको खुलासा भएको छ। ६५ बर्षिय चर्चित गायक जलोटा बिग बोसमा आफ्नी २८ प्रेमिका प्रेमिकालाई लिएर शोमा भाग लिन घर भित्र गएपछि अहिले अनुप जलोटाको प्रेम प्रसंगको चर्चा सर्वत्र हुन लागेको छ ।

गायिका समेत रहेकी जसलिन मथारुसँग आफु पछिल्लो साढे तीन बर्ष देखि रपम सम्बन्धमा रहेको र आफुहरु सँगै बस्ने गरेको जलोटाले शोमा सलमानखानकै अगाडी भनेपछि सबै हैरान भएका थिए । दुवैले आफ्नो प्रेमलाई सबैको अगाडी ल्याउन यो शोमा आएको पनि खुलासा गरेका छन्। भारतमा भजन गायकको रुपमा चर्चित जलोटाले बह्रत सरकारको तर्फबाट सन् २०१२ मा पदमाश्री सम्मान पनि पाएका छन्।  अहिले आफूभन्दा ३७ बर्ष कम उमेरकी युवतीसँग प्रेममा रहेको खुलासापछि अहिले बलिवु मा सनसनी मच्चिएको छ ।
      
शोमा जलोटाले गायिका मथारु शुरुमा आफूसँग संगीत सिक्न आएको बताउदै पहिला प्रेम प्रस्ताव मथारुले नै राखेको बताए । गायिका मथारुले पनि आफु जलोटासँग रहदा खुशी महसुस गर्ने भन्दै आफुले जलोटालाई प्रेम गर्ने खुला रुपमा बताएकी छन् बताएकी छन्।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै