• २०८१ बैशाख १५ शनिबार

अफगानिस्तानी स्पिनरको अगाडी श्रीलंकाका ब्याट्सम्यान निरिह , पराजित हुदै एशिया कपबाट बाहिरियो श्रीलंका  

kharibot

काठमाडौँ।  एशिया कप अन्तर्गत अफगानिस्तानले श्रीलंकालाई पराजित गरेको छ।  गएराती सम्पन्न खेलमा अफगानिस्तानले श्रीलंकालाई ९१ रनले पराजित गरेको हो।  यो सँगै श्रीलंकाले समुह चरणका दुवै खेल गुमाएर एशिया कपबाट बाहिरिएको छ। श्रीलंकाले पहिलो खेल बंगालदेश सँग पनि गुमाएको थियो। 

अफगानिस्तानले दिएको २५० रन पछाएको श्रीलंका ४१.२ ओभरमा १५८ रन बनाउदा अल आउट भएको थियो। श्रीलंकाका लागि उपुल तरंगाले ३६, तिसारा परेराले २८, एञ्जोलो म्यथ्युजले २२ तथा धनन्जय डि सिल्भाले २३ रनको योगदान दिएका थिए।  त्यस्तै श्रीलंकालाई सस्तैमा रोक्ने क्रममा अफगानिस्तानका बलर राशिद खान, मोहमद नावी, गुल्बदीन नाबिब तथा मुजीब उर रहमानले २-२ विकेट लिएका थिए।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ५० ओभरमा २४९ रन बनाउदा अल आउट भएको थियो।  अफगानिस्तानका लागि रहमत शाहले सर्वाधिक ७२ रन बनाएका थिए। त्यस्तै इन्साहुल्लाहले ४५, मोहमद शाहजादले ३४, हस्मतुल्लाह शहिदीले ३७ रन बनाएका थिए। श्रीलंकाका बलर टिसर परेराले ५ विकेट लिए भने, धनन्जय डि सिल्भाले २ विकेट लिएका थिए।  

७२ रनको परी खेलेका रहमत शाह खेलको म्यान अफ द म्याच बनेका थिए। 

एशिया कप अन्तर्गत आज भारत र हङकङबीचको खेल हुदै छ।  खेल साँझ सवा ५ बजेबाट सुरु हुने छ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै