भीमदत्तनगर। कञ्चनपुरको भीमदत्तनगरपालिका–१३ का ३२ वर्षीया कलावती रोकायको आज बिहान महाकाली नदीमा डुबेर मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय दोधारा चादँनीका प्रमुख नरेन्द्रबहादुर चन्दले रोकायको महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता भएको बताए ।
नदीमा बेपत्ता रोकायको करीब पाँच किलोमिटर तल शव भेटिएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले शव भेटाएको प्रहरीले जनाएको छ ।