• २०८१ बैशाख १४ शुक्रबार

पाकिस्तानविरुद्धको खेलमा घाइते भएका हार्दिक पाण्डेय एशिया कपबाट बाहिरिए

kharibot

काठमाडौँ।  भारतीय अलराउन्डर हार्दिक पाण्डेय एशिया कपबाट बाहिरिएका छन्। बुधबार पाकिस्तानसँगको खेलका क्रममा घाइते भएका हार्दिक अब एशिया कप खेल्न नसक्ने भएका हुन्। 

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) ले हार्दिकको ठाउमा अर्का खेलाडी दिपक चहरलाई समावेश गरेको छ। 

बुधबार भएको पाकिस्तानसँगको खेलमा आफ्नो पाचौ ओभरको पाचौ बल बलिङ गरेपछि हार्दिक मैदानमै लडेका थिए। उनलाइ स्ट्रेचरमा राखेर मैदान बाहिर लागिएको थियो। 

बिसिसीआईले मेडिकल रिपोर्ट नआएसम्म हार्दिकको चोटका बारेमा केहि भन्न नसकिने उल्लेख गरेको छ। मिडिया रिपोर्टका अनुसार हार्दिकको कम्मरको तल्लो भागको मांशपेशीमा चोट लागेको बताइएको छ। 

एशिया कपमा पाकिस्तानविरुद्ध जितेको भारतले अब सेमिफाइनलमा शुक्रबार बंगलादेशसँग खेल्दै छ भने पाकिस्तानले सेमिफाइनलमा शुक्रबार नै अफगानिस्तानको सामना गर्दै छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै