अफगानिस्तानसँग बंगलादेशको लज्जास्पद हार, राशिद खानको अलराउन्ड प्रदर्शन

खरीबोट

काठमाडौँ। एशिया कपमा अफगानिस्तानले बंगलादेशमाथि शानदार जित निकालेको छ।  गएराती भएको समुह चरणको अन्तिम खेलमा अफगानिस्तानको अगाडी बंगलादेश निरिह देखिएको हो। अफगानिस्तानले खेल १३६ रनले जित्दा राशिद खानले उत्कृष्ट अल्राउन्द प्रदर्शन गरेका थिए। 

अफगानिस्तानले दिएको २५६ रन पछ्याएको बंगलादेश ४२.१ ओभरमा ११९ रनमा अलआउट भएपछि अफगानिस्तान १३६ रनले विजयी भएको थियो। बंगलादेशका लागि सकिब अल हसनले सर्वाधिक ३२ रन बनाए भने मह्मुदुल्लाहले २७ तथा मोसादेक होसैनले २६ रन बनाएका थिए। 

त्यस्तै अफगानिस्तानका बलर राशिद खान, मुजीब उर रहमान तथा गुल्बाडीन नबिबले २-२ विकेट लिएका थिए। 

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले हस्मतुल्लाह शहिदिको ५८ तथा राशिद खानको ५७ रनको पारीको मद्धतले ५० ओभरमा ७ विकेट गुमाएर २५५ रन बनाएको थियो। अफगानिस्तानका लागि गुल्बाडीन नैवले ४२ तथा मोहमदसह्जद ले ३७ रनको योगदान दिएका थिए। 

बंगलादेशका बलर शकिब अल हसनले ४ तथा यसै खेलमा डेभ्यु गरेको अबु हैदरले २ विकेट लिएका थिए। 

अलराउण्ड प्रदर्शन गरेका राशिद खान खेलको म्यान अफ द म्याच बनेका थिए। 

सेमिफाइनल समीकरण : 

एशिया कपको सेमिफाइनलको समिकरण पुरा भएको छ। सेमिफाइनलका दुवै खेल आज हुदै छन्।  सेमिफाइनलमा भारत र बंगलादेश तथा पाकिस्तान र अफगानिस्तान खेल्ने भएका छन् । दुवै खेल नेपाली समय अनुसार सवा ५ बजे सुरु हुने छन्।        

सम्बन्धित समाचार

ह्विल चियर एशिया कप क्रिकेट वैशाख १८ देखि

काठमाडौँ ।  ह्विल चियर क्रिकेटको एशिया कप यही वैशाख १८ देखि २१ गतेसम्म नेपालमा आयोजना हुने भएको छ । पहिलो पटक हुन लागेका प्रतियोगिता वैशाख १८ देखि २१ गतेसम्म गर्ने तय

नेपालमा एशिया कप ह्विलचियर क्रिकेट हुने

काठमाडौँ । नेपालमा एशिया कप ह्विलचियर क्रिकेट प्रतियोगिता हुने भएको छ । पहिलो पटक एशिया कप क्रिकेट आयोजना गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाल ह्विलचियर क्रिकेट सङ्घका अध्यक्ष

एशिया कपको समुह चरणबाट बाहिरएपछि भारतीय प्रशिक्षकको राजीनामा 

काठमाडौँ । भारत एसिया कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा बहराइनसँग पराजित भएपछि भारतको यात्रा समाप्त भयो । नियमित ९० मिनेटसम्म बहराइनलाई गोलरहित बराबरीमा रोकेको भारतले

एशिया कप अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा नेपाल २० स्वर्णसहित च्याम्पियन

काठमाडौँ । भारतको मुम्बइमा यही ७ र ८ गते सम्पन्न एशिया कप चौथो अन्तर्राष्ट्रिय कराँते च्याम्पियनशीपमा नेपाल च्याम्पियन बनेको छ । प्रतियोगितामा नेपाल खेलकूद विज्ञान प्रतिष्ठानको टोली काता र कुमेततर्फ


z