काठमाडौँ। प्रिमियर लिग क्लब चेल्सीले युरोपा लिगामा विजयी सुरुवात गरेको छ। गएराती भएको खेलमा चेल्सीले ग्रिसको क्लब पीएओकेलाई १-० गोल अन्तरले पराजित गर्दै यस सिजनको विजयी सुरुवात गरेको हो।
चेल्सीको जितमा खेलको एक मात्र गोल विलियनले गरेका थिए। विलियनले खेलको सातौ मिनेटमा नै गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि खेलमा कुनै गोल भएन र खेल चेल्सीले १-० ले जित्यो।
चेल्सीले अब अर्को खेल प्रिमियर लिगमा आइतबार वेस्टह्यामसँग खेल्दै छ।