• २०८१ बैशाख १८ मंगलबार

नासाको टेस टेलिस्कोपले भेट्टायो आफ्नो पहिलो एक्सोप्लानेट 

kharibot

अमेरिका । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा)को ट्रान्जिटिङ एक्सोप्लानेट सर्वे स्याटेलाइट (टीईएसएस – टेस)ले आफ्नो पहिलो एक्सोप्लानेट (हाम्रो सौर्यप्रणालीभन्दा बाहिरको ग्रह) फेला पारेको छ । गत अप्रिलमा नासाले टेसलाई अन्तरिक्षमा प्रक्षेपण गरेको थियो । 

टेसले फेला पारेको एक्सोप्लानेट र वरिपरिको आकाशीय दृश्य कैद गरिएको तस्बिर समेत सार्वजनिकक भएको छ । यो टेलिस्कोपले पत्ता लगाएको यो नै पहिलो एक्सोप्लानेट हो । 

उक्त एक्सोप्लानेटको तस्बिर टेसको चारवटै क्यामेराबाट गत अगष्ट ७ मा कैद गरिएको र यही सेप्टेम्बर १७ मा मात्रै सार्वजनिक गरिएको हो । तस्बिरमा तारा नै ताराहरु र मिल्की वेका स्याटेलाइट ग्यालेक्सीहरु दुईवटा ठूला र साना म्याजेलानिक क्लाउड (मिल्की वेलाई परिभ्रमण गर्ने दुईवटा पुच्छ्रे तारा) समेत देख्न सकिन्छ । 

उक्त तस्बिरमा देखिएअनुसार थोरै तारापुञ्ज धेरै चम्किलो रहेको छ भने टेलिस्कोपको प्रकाश पत्ता लगाउने ‘लाइट डिटेक्टर’सँग मिलेर रहेको छ, जसले पूरै तस्बिरमा प्रकाशको धर्सा नै देख्न सकिन्छ ।

टेसले पत्ता लगाएको एक्सोप्लानेटलाई पि मेन सी नाम दिइएको छ । उक्त एक्सोप्लानेटको पृथ्वीभन्दा ६० प्रकाश वर्ष टाढा रहेको सूर्यजस्तै ताराको प्रकाश अघिल्तिरबाट जाने क्रममा टेसले पि मेन सी भेटेको बताइएको छ । सो क्रममा टेसले उक्त ताराको थोरै प्रकाश समेत अवरोध गरेको थियो । यो तथ्य गत जुलाई २५ देखि अगष्ट २२ सम्म बटुलिएको डाटाबाट प्राप्त भएको हो । 

यसबाट उक्त प्लानेट पृथ्वीको अर्धव्यासभन्दा २.१४ समयको रहनुका साथै यसले हरेक ६.२७ दिनमा आफ्नो ताराको परिभ्रमण गर्ने कुरा पनि पत्ता लागेको टेस टिमले गत १८ तारिखमा एआरएक्सआईभी डट ओआरजीमा रिपोर्ट गरेको छ । 

अनुसन्धानकर्ताहरुले उक्त प्लानेटबारे यसअघि ख्याल नगरिएको प्रमाण उक्त ताराबारे हाप्र्स (एचएआरपीएस) स्पेक्टोग्राफ र द आंग्लो अस्ट्रेलियन प्लानेट सर्चबाट प्राप्त तथ्यांकमा पाएका थिए । जुन २० वर्षपहिले नै उक्त दुई खोजका क्रममा पि मेन सीको ‘मनिटर’ गरिएको थियो । उक्त दुई अवलोकनहरुले प्लानेटको गुरुत्वले कसरी उक्त तारातिर तान्छ भन्ने पनि देखाएको बताइएको छ । त्यस्तै उक्त प्लानेटको मास पृथ्वीको भन्दा ४.८ समय ठूलो रहेको छ । 

उक्त टेलिस्कोपहरुले यसअघि नै अर्को प्लानेटबारे पनि खुलासा गरेका थिए जुन जुपिटरभन्दा १० समय ठूलो मासयुक्त रहेको र त्यसले हरेक ५.७ वर्षमा पि मेन सीलाई घुमिरहेको बताइएको थियो ।  नयाँ पत्ता लागेको प्लानेटको मास र यसको अर्धव्यासले शुद्ध पानी रहेको ठोस घनत्व देखाउने अनुसन्धानकर्ताको दाबी छ । 

अनुसन्धानकर्ताले लेखेको रिपोर्टमा उक्त एक्सोप्लानेटलाई पानी नै पानीको ग्रह भन्न नमिले पनि आइरन र रक (चट्टान)ले यसको भित्री तह बनेको र त्यसलाई समुद्र वा पानीजस्तै हलुका धातुहरु (पानी, मिथेन, हाइड्रोजन वा हेलियम)को वातावरणले घेरेको हुनसक्ने दाबी गरेका छन् । 

नोट : यो आर्टिकल साइन्सन्युजडटओआरजीबाट भावानुवाद गरिएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै