थ्रीस्टारद्वारा शहीद स्मारक ए डिभिजन खेल्ने २५ सदस्यीय टोली घोषणा

खरीबोट

काठमाडौँ। थ्रीस्टार क्लबले यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ए डिभिजन लिगका लागि २५ खेलाडी सम्मिलित टोली घोषणा गरेको छ । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले बनाएको नियमानुसार ए डिभिजन लिग खेल्ने क्लबले आजसम्म कम्तीमा १८ खेलाडी दर्ता गर्नुपर्ने थियो । त्यसैअनुसार थ्रीस्टारले दर्ता गरेको खेलाडीको नाम सार्वजनिक गरिएको क्लबका महासचिव सञ्जीव शिल्पकारले जानकारी दिए । 

थ्रीस्टारले बिहीबार मात्र राष्ट्रिय टोलीका कप्तान अनिल गुरुङलाई क्लबमा अनुबन्ध गरेको थियो । सार्वजनिक गरिएको टोलीमा अनिलसँगै रञ्जन विष्ट, अनन्त तामाङ, सुनील बल, विक्रम लामा, निराजन खड्का, एलान न्यौपानेजस्ता राष्ट्रिय खेलाडीलाई समावेश गरिएको छ ।  थ्रीस्टारको टोलीमा गोलकिपर एलन न्यौपाने, पूर्ण चाम्लिङ र अभिषेक बराल, डिफेन्डरमा अनन्त तामाङ, रञ्जीत धिमाल, विजय धिमाल, विष्णु सुनार, अशोक खवास, जीवन गुरुङ र पिटर सेगुन छन् । 

मिडफिल्डमा विक्रम लामा, निराजन खड्का, सुनील बल, रुपेश केसी, मिसान लामा, दीपेश घले र दीपसन राउत तथा फरवार्डमा अनिल गुरुङ, रञ्जन विष्ट, बुद्ध लिम्बू, समुन श्रेष्ठ, अजायी मार्टिनिज र जेनिश प्रजापति छन् । झण्डै चार वर्षपछि एन्फाले ए डिभिजन लिग आयोजना गर्न लागेको हो । थ्रीस्टारले ए डिभिजन लिग पाँच पटक जितेको छ । 

सम्बन्धित समाचार

ए डिभिजन लिग :  च्यासलद्वारा एनआरटी ५–१ गोलअन्तरले पराजित

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो चरणको पहिलो खेलमा च्यासल युथ क्लबले न्यूरोड टिम (एनआरटी)लाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । सातदोबाटोस्थित

शहीद स्मारक ए डिभिजन लिग : मनाङ्को विजयी शुरुवात

काठमाडौँ। मनाङ मस्र्याङ्दी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी शुरुवात गरेको छ ।  सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ३–१ गोलले पराजित गर्दै मनाङले विजयी शुरुवात

एनआरटीविरुद्ध त्रिभुवन आर्मी रोमान्चक कमब्याक, आर्मीका सन्तोष तामाङले गरे दुई गोल  

काठमाडौँ। चार वर्षपछि शुरु भएको शहीद स्मारक ए डिभिजन लिगको पहिलो खेल त्रिभुवन आर्मी क्लब र न्यूरो टिम (एनआरटी) बीचको खेल बराबरीमा सकिएको छ। खेलको अन्तिम मिनेटमा आर्मीका सन्तोष तामाङले आफ्नो

थ्रीस्टारद्वारा शहीद स्मारक ए डिभिजन खेल्ने २५ सदस्यीय टोली घोषणा

काठमाडौँ। थ्रीस्टार क्लबले यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ए डिभिजन लिगका लागि २५ खेलाडी सम्मिलित टोली घोषणा गरेको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले बनाएको नियमानुसार ए


z