• २०८१ बैशाख १८ मंगलबार

शहीद स्मारक ए डिभिजन लिग आजबाट, पहिलो खेलमा खुमलटार र फ्रेन्ड्स भिड्दै

kharibot

 काठमाडौँ । शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट शुरु हुँदैछ । लिगको पहिलो खेलमा एफसी खुमलटार र फ्रेन्ड्स क्लवबीच प्रतिष्पर्धा हुनेछ ।

दशरथ रंगशालामा हुने पहिलो खेल साँझ ५ः३० बजे शुरु हुनेछ । तीन मैदानमा आयोजना हुने शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।

लिग यस पटक दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछ ।

यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले टोलीले ३ लाख पाउनेछन् ।

मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको विजेता क्लवले म्याच मनीबापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने बराबरी भएका दुई क्लवबीच रकम बराबर बाँडिनेछ ।

हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै