• २०८१ बैशाख २० बिहीबार

सन्दीपको छलाङ, धेरै देशमा क्रिकेट खेल्ने खेलाडीको सूचीमा

kharibot

काठमाडौँ।  नेपाली क्रिकेटमा सन्दीप लामिछानेले नाम अब अन्तर्राष्ट्रिय स्तरमा चर्चित नाम बनिसकेको छ। कम उमेरमै क्रिकेटमा चर्चित बन्ने र सफलता हासिल गर्ने धेरै कम भाग्यमानी क्रिकेटर हुन् सन्दीप। यसैबीच भर्खरै १८ वर्षमा लागेका सन्दीप विश्वका धेरै देशमा क्रिकेट खेल्ने खेलाडीको सूचीमा समेत दोस्रो स्थानमा रहेका छन्।  यसबाट पनि सन्दीपको लोकप्रियता र क्षमताका बारेमा प्रष्ट हुन्छ। 

क्रिकेट अनलाइन वेभसाइट इएसपिएन क्रिकइन्फोले 'द क्रिकेट मन्थली' को पछिल्लो अंकमा धेरै क्रिकेट खेल्ने, धेरै देशमा क्रिकेट खेल्ने लगायत विभिन्न पक्षलाई समेटेर प्रकाशित रिपोर्टमा सबैभन्दा धेरै देशमा क्रिकेट खेल्नेमा नेपालका सन्दीप पनि सामेल रहेका छन् ।

क्रिकइन्पोले ६ खेलाडीलाई सूचीमा राखेको छ। जसमा अफगानिस्तानका रसिद खान र मोहम्मद नावी सबैभन्दा धेरै देशमा क्रिकेट खेल्ने खेलाडीमा अगाडी छन्। यस्तै पाकिस्तानका सोएब मल्लिक र सदाब खान, बंगलादेशका तमिम इकवालसँगै नेपालका सन्दीप लामिछानेले ९ देशमा क्रिकेट खेलेका छन्।

पछिल्लो १२ महिनाको क्रिकेट खेल समावेश गरिएको सो रिपोर्टमा सन्दीपले इन्डियन प्रिमियर लिग आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका सन्दीपले त्यसयता विश्वका विभिन्न फ्रेन्चाइज टी-२० लिग खेलिसकेका छन्।

पछिल्लो समयमा सन्दीपले खेलेका देशमा नेपाल, भारत, नामिबिया, जिम्बावे, इंग्ल्याण्ड, नेदरल्याण्ड, क्यानडा, वेष्टइन्डिज र मलेसिया रहेको छ।

सन्दीपले भारत, क्यानडा र वेष्टइन्डिजमा टी-२० लिग खेलेका थिए भने अन्य देशमा नेपालको प्रतिनिधित्व गरेर राष्ट्रिय टिमका लागि खेलेका थिए। यस्तै आगामी अक्टोबरमा हुन लागेको अफगानिस्तान प्रिमियर लिगमा समेत सन्दीपले खेल्ने भएका छन्।


सन्दीपले खेलेको देश र प्रतियोगिता

नेपाल : एभरेष्ट प्रिमियर लिग (इपीएल टी-२०)

भारत : इन्डियन प्रिमियर लिग (आइपीएल टी-२०)

नामिबिया : आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू

जिम्बावे : आइसीसी वान डे वर्ल्ड कप क्वालिफायर

इंग्ल्याण्ड : आइसीसी च्यारिटी म्याच, नेपाल टुर अफ लर्ड्स

नेदरल्याण्ड्स : नेपाल फस्ट ओडिआई सिरिज नेपाल टुर अफ नेदरल्याण्ड्स

क्यानडा : ग्लोबल टी-२० लिग क्यानडा

वेष्टइन्डिज :  क्यारेबियन प्रिमियर लिग (सीपीएल ६-२०)

मलेसिया : एसीसी एसिया कप क्वालिफायर

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै