• २०८१ बैशाख १४ शुक्रबार

घरेलु मैदानमा बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड 

kharibot

काठमाडौँ। इङलिश प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ।  गएराती भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई उल्भरहम्पटनले १-१ गोलको बराबरीमा रोकेको हो। 

युनाइटेडको घरेलु मैदान वर्ल्ड ट्राफोर्डमा भएको खेलमा घरेलु टोली युनाइटेडले पहिलो हाफको १८औं मिनेटमा लिएको अग्रता दोस्रो हाफमा जोगाउन असफल भएको थियो । खेलको १८औं मिनेटमा युनाइटेडका लागि फ्रेडले गोल गरेका थिए । सक्तरबाट यसै सिजन युनाइटेड आएका फ्रेडले युनाइटेडमा आफ्नो डेभ्यु गोल गरेका छन्।

पहिलो हाफमा १-० को अग्रता लिएको युनाइटेडले दोस्रो हाफमा खेलको ५३औ मिनेटमा गोल खाएको थियो। उल्भरहम्पटनका लागि जोय फिलिपले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए ।

यस खेलमा गोल गर्दै फ्रेड युनाइटेडका लागि गोल गर्ने ५ सयौ खेलाडी बनेका छन्। 

बराबरीसँग युनाइटेडको ६ खेलमा १० अंक भएको छ भने लिगको पाँचौ स्थानमा आइपुगेको छ भने उल्भरहम्पटन दशौं स्थानमा छ । युनाइटेडले अब अर्को खेल इएफएल कपमा डर्बी काउन्टीसँग खेल्ने छ। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै