• २०८१ बैशाख २० बिहीबार

सुविन भट्टराईको पाँचौँ पुस्तक 'प्रिय सुफी' बजारमा

kharibot

काठमाडौं । युवापुस्ताका लोकप्रिय  लेखक सुविन भट्टराईको पाँचौँ पुस्तक प्रिय सुफी बजारमा आएको छ । 

शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रिय सुफीको विमोचन गरिएको हो  । लेखक सुबिनसँगै नायिका आँचल शर्मा, गायिकाद्वय शीतल र सुवानी मोक्तानले पुस्तकको विमोचन गरेका थिए । 

कार्यक्रममा नायिका आँचल शर्माले प्रिय सुफीले युवा पुस्ताको मन जित्ने विश्वास व्यक्त गर्दै सुविन भट्टराईको समर लभ नामक उपन्यासबाट आफूले सुविन भट्टराईलाई चिनेको बताइन्  ।

लेखक भट्टराईका अघिल्ला आफ्ना सबै पुस्तकहरु माया प्रेममा जोडिएको बताए पनि प्रिय सुफी भने फरक स्वादमा भएको जीवन जिउने कलाले भरिएको बताइएको छ । अघिल्ला कृतिहरुमा जस्तै पुस्तक पढेर  सकारात्मक वा नकारात्मक दुवै प्रतिक्रिया दिन भट्टराईले आग्रह गरेका छन् ।

फाइन प्रिन्टले बजारमा ल्याएको उपन्यास प्रिय सुफीको मूल्य तीन सय ७५ रहेको छ । कथाकी पात्र, समर लभ, साया, मनसुनजस्ता माया प्रेममा आधारित उपन्यासको साथ चर्चा पाएका सुविन भट्टराईको प्रिय सुफी पाँचौँ पुस्तक हो ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै