• २०८१ बैशाख १५ शनिबार

यश कुमारको फिल्म ‘छिरिङ्ग’ को नयाँ गीत सार्वजनिक 

kharibot

काठमाडौँ। गायक तथा अभिनेता यश कुमार निर्देशित तथा अभिनीत फिल्म ‘छिरिङ्ग’ को नयाँ गीत सार्वजनिक भएको छ । अरुणा लामा र रुद्र गुरुङ्गको दशक अगाडिको चर्चित गीत ‘ए कान्छा...’ को पहिलो हरफलाई रि-रेकडिङ गरिएको छ ।

नयाँ भर्सनमा गायक यशलाई गायनमा सुनिता थिगिमले साथ दिएकी छन् । गीतको शब्द पासाङ ब्याङ्गबल र यशले लेखेका हुन् । अम्बर गुरुङ र यशको कम्पोज रहेको गीतको भिडियोमा कविराज गहतराजको कोेरियोग्राफी छ । 
 
यश र नव नायिका कामना भुजेल फिचर्ड गीतको छायांकन र लोकेशन गजब छ । अभिनेता-अभिनेत्रीको केमेस्ट्री पनि सुहाएको छ । यशले पहिलो पटक कमाण्ड सम्हालेको उक्त फिल्म असोज १२ गतेबाट प्रदर्शनमा आउँदैछ । 
 
यो फिल्मले बहुपतिप्रथाको कथा भन्छ । गायक तथा अभिनेता निमा रुम्बा पनि फिल्ममा लिड रोलमा छन् । सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको फिल्मलाई यश र याम थापाले मिलेर लेखेका हुन् । 
 
‘छिरिङ्ग’ मा मानकृष्ण महर्जनको छायांकन, चन्द्र पन्तको द्वन्द्व, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ । दुई पति भएकी एक युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्वन्द्व फिल्मको कथावस्तु हो । 

पढ्नै पर्ने

लोकप्रिय