• २०८१ बैशाख १४ शुक्रबार

यशकुमार अभिनित तथा निर्देशित फिल्म ‘छिरिङ्ग’ को ट्रेलर सार्वजनिक 

kharibot

काठमाडौँ। 'बाटो मुनीको फूल' बाट अभिनयमा चर्चामा आएका गायक यशकुमार अभिनित तथा निर्देशित फिल्म ‘छिरिङ्ग’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । 

फिल्ममा प्रेम र द्वन्द्व देखाइएको छ । यो फिल्मले बहुपतिप्रथाको कथामा बनाइएको छ । नव-नायिका कामना भुजेलसँग दुई अभिनेता तथा गायक यश र निमा रुम्बाले रोमान्स गरेका छन् ।

सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको फिल्मलाई यश र याम थापाले मिलेर लेखेका हुन् । यशको यो पहिलो निर्देशित फिल्म हो ।

‘छिरिङ्ग’ मा मानकृष्ण महर्जनको छायांकन, चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ । फिल्म आगामी असोज १२ गते देशव्यापी रिलिज हुँदैछ ।

दुई पति भएकी एक युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्वन्द्व फिल्मको कथावस्तु हो । उपल्लो मुस्ताङको सेट खडा गरिएको फिल्म खिचिएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै