• २०८१ बैशाख १४ शुक्रबार

नोकिया ७.१ प्लसको तस्बिर लिक ! 

kharibot

लिक भएको भनिएको तस्बिर

काठमाडौं / चर्चित मोबाइल फोन निर्माता कम्पनी नोकियाको ७.१ प्लस अर्थात नोकिया एक्स७को तस्बिर लिक भएको छ । तस्बिर लिक भएसंगै डुअल रियर क्यामरा सेटअपबारे खुलासा भएको छ । उक्ता स्मार्टफोनको पछाडि फिंगरप्रिन्ट सेन्सर पनि रहेको छ । 

तस्बिरअनुसार फोनको ब्याक प्यानल आल्मुनियमको र एन्ड्रोएड वन ब्राण्डसंग मिल्ने देखिएको छ ।

नयाँ स्मार्टफोन आगामी अक्टोबर पहिलो हप्ता लन्डनमा हुने एचएमडी ग्लोबल इभेन्टमा सार्वजनिक गरिने बताइएको छ ।  यो इभेन्टमा कम्पनीले नोकिया ९ पनि सार्वजनिक गर्ने बताइएको छ । 

यस फोनमा ग्लास प्यानल पनि देखिएको छ । त्यस्तै फोनमा डुअल रियर क्यामरा सेटअप पनि रहेको छ जुन फ्ल्याशसंगै छ । पछाडि भागमा वृत्ताकार फिंगरप्रिन्ट सेन्सर रहेको छ जुन नोकियाको लोगो भन्दा माथि ।

यसमा स्न्याप ड्रयागन ७१० प्रोसेसर रहेको बताइएको छ ।

  • एजेन्सीबाट

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै