• २०८१ बैशाख १६ आइतबार

चन्द्रमामा फोरजी इन्टरनेट चलाउन नासाको नोकियासँग सहकार्य

kharibot

प्रतिनिधि तस्वीर

काठमाडौँ । अमेरिकी स्पेस एजेन्सी नासा र नोकिया मिलेर चन्द्रमामा फोर-जी इन्टरनेट पुर्याउने भएका छन् ।

नासाले नोकियासँग चन्द्रमामा फोरजी इन्टरनेट पुर्याउने विषयमा नोकियासँग सम्झौता गर्न लागिएको जनाएको छ ।

नासाले नोकियालाई यस परियोजनाका लागि १४.१ मिलियन डलर दिने भएको छ । नासाले पृथ्वीमा जस्तै चन्द्रमा पनि पछि फोरजीबाट फाइभ जीमा अपग्रेड गरिने जनाएको छ ।

नोकियाले चन्द्रमामा फोरजी डाटा प्रदान गरेर उच्च गतिको इन्टरनेटमा नयाँ क्रान्ति ल्याउने बताएको छ । नोकियाले २०२२ को आखिरी सम्म नासाको आर्टेमिन प्रोग्राम अन्तर्गत कम्युनिकेसनमा ठुलो भूमिका खेल्ने बताएको छ । 

नासाले चन्द्रमा जाने लुनार सर्फेस परियोजनाका लागि प्रबिधि विकासमा १२ भन्दा बढी कम्पनिलाई मात्र ३७० मिलियन डलर खर्च गर्दै छ ।

नासाले चन्द्रमाको सर्फेसमा पावर जेनेरेसन, रोबाटिक्स टेक्नोलोजी र फोरजी इन्टरनेट जडान गर्ने तयारी गरिरहेको छ ।

नोकियासँगै स्पेस एक्स, लोकहीड मार्टिन, सिएरा र एसएसएल जस्ता कम्पनिहरुले नासाको चन्द्रमा को सर्फेसमा इन्टरनेट जडान गर्ने परियोजनामा काम गर्ने भएका छन् ।

नासाले २०२८ सम्म यो परियोजना सकेर चन्द्रमा मानिसको उपस्थितिको शुरुवात गर्ने बताएको छ ।     
  
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै