• २०८१ बैशाख १४ शुक्रबार

न्युजिल्यान्डकी प्रधानमन्त्री तीन महिने शिशु लिएर राष्ट्रसंघीय महासभामा, बन्यो इतिहास 

kharibot

काठमाडौं । न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले शिशुसहित संयुक्त राष्ट्रसंघीय महासभामा उपस्थित भएर इतिहास बनाएकी छिन् । उनले आफू प्रधानमन्त्रीमै रहँदा उक्त शिशु जन्माएकी थिइन् । 

तीन महिनाकी छोरीसहित उनी राष्ट्रसंघीय महासभामा उपस्थित भएको एजेन्सीहरुले जनाएका छन् । महासभाभित्रै आफ्नो बच्चालाई चुम्बन गरिरहेको उनको तस्बिरमा देख्न सकिन्छ । उनको यो कार्यको  प्रशंसा भएको छ । 

बच्चाको रेखदेख गर्ने महिलाहरु पनि रहे पनि उनी धेरै समय आफूसँगै राख्ने गर्छिन् । आफू प्रधानमन्त्री रहेकै अवस्थामा बच्चा पाउनेमा पनि आर्डेन दोस्रो नेत्री हुन् । उनले यस्तो काम आगामी दिनमा सामान्य बन्ने पनि टिप्पणी गरेको बताइएको छ । 

आर्डेन गत महिना मात्रै ६ हप्ते सुत्केरी विदाबाट कार्यालय फर्केकी थिइन् । उनको अनुपस्थितमा कार्यवाहक प्रधानमन्त्रीको रुपमा विन्स्टन पिटर्सले शासन चलाएका थिए ।  

स्तनपान लगायतका लागि आमा नै चाहिने भएपछि आर्डेनले आफ्ना महत्वपूर्ण काममा समेत बच्चालाई सँगै राख्ने गरेको बताइएको छ । 

उनी गत वर्ष मात्रै आफ्नो पार्टीको कान्छी नेत्री बनेकी थिइन्, जुन १ सय ५० वर्ष लामो इतिहासको सम्झनालायक दिन थियो । उनले पूर्वप्रम बिल इंग्लिसलाई पराजित गरेकी थिइन् । योसँगै उनको लेबर पार्टीले नौ वर्षमा पहिलो विजय पाएको थियो । 

उनले महासभामा नेल्सन मन्डेलाको बारेमा भाषण गरेकी थिइन् । 

#UN debut - Neve Te Aroha, 3-month-old daughter of #NewZealand PM @jacindaardern and @NZClarke, appeared in #UNGA hall when her mother spoke at the #MandelaPeaceSummit.

Ardern is only second elected leader to give birth while in office, after #Pakistan’s Benazir Bhutto in 1990. pic.twitter.com/gNUv96LMao

— Michelle Nichols (@michellenichols) September 24, 2018

 

 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै