• २०८१ बैशाख १५ शनिबार

अरबाज दोस्रो विवाह गर्ने तयारीमा, सलमानले दिए स्वीकृति 

kharibot

मुम्बई। बलिवुडमा अफयेर्स र ब्रेकअपको जहिले पनि चर्चा बढी नै हुने गर्दछ। स्टारहरु एक ब्रेकअप पछि अर्को सम्बन्ध बनाएको खबर सबैका लागि चासोको विषय हुने गरेको पाइन्छ। 

यसैबीच सुपर स्टार सलमान खानका भाई अरबाज खानले मलाइका अरोरासँग डिभोर्स गरेपछि अर्को विवाहको तयारी गरेका छन्। हाल मोडल जर्जिया एन्डीयानीसँग अफयेर्समा रहेका अरबाजको विवाहका लागि परिवारले सहमति दिएको भारतीय मिडियाले उल्लेख गरेका छन्। आफ्ना दाजु सलमान खानले पनि अरबाजको दोस्रो विवाहको स्वीकृति दिएको बताइएको छ।  

मलाइकासँग एक छोरा समेत रहेका अरबाजले अघिल्लो बर्ष डिभोर्स गरेपछि जर्जियासँग सार्वजनिक रुपमा देखिन थालेका थिए। सन् १९९८ मा विवाह बन्धनमा बाधिएको यो जोडीले आपसी असमझदारी बढेपछि २०१६ मा डिभोर्स गर्ने निर्णय गरेका थिए भने २०१७ मार्चमा अफिसियल रुपमा डिभोर्स गरेका थिए। 

आफ्ना दाजु सलमान ५२ बर्षको उमेरसम्म पनि अविवाहित रहेको अवस्थामा अरबाजले आफ्नो दोस्रो विवाहको तयारी गरेका छन्। हालै गणेश चतुर्थीको अवसरमा आयोजित पारिवारित जमघटमा जर्जियालाई अरबाजले आफ्ना परिवारसँग भेटाएको बताइएको छ। सो अवसरमा अरबाजकि पूर्वपत्नी मलाइका पनि साथै रहेको बताइएको छ। 

बलिवुडमा अहिले विवाहपछि अरबाजले जर्जियालाई बलिवुडमा डेभ्यु गराउने तयारीमा रहेको बताइएको छ। अरबाजले जर्जियालाई डेभ्यु गराउन प्रोफेशनल एजेन्सीसमेत नियुक्त गरिसकेको बताइएको छ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै