• २०८१ बैशाख १४ शुक्रबार

बार्सिलोनाको यस सिजनमा पहिलो हार, लेगानेजले दियो सरप्राइज 

kharibot

काठमाडौँ।  स्पेनिस ला लिगामा बार्सिलोनालाई लेगानेजले सरप्राइज दिदै सिजनको पहिलो हार चखाएको छ। गएराती भएको लेगानेजको मैदानमा भएको खेलमा बार्सिलोना २-१ गोल अन्तरले पराजित भएको हो। लेगानेजको जितमा नबिल एर जहार र रियल म्याड्रिडबाट लोनमा गएका ओस्कार रोड्रिगेजले एक एक गोल गरेका थिए। 

खेलको १२औ मिनेटमा फिलिप कोटीन्होले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा १-० को अग्रता दिलाए पनि दोस्रो हाफको ५२औ र ५३औ मिनेटमा जहार र रोड्रिगेजले गोल गर्दै लेगानेजले बार्सिलोनामाथि दबाब बनाएको थियो।  त्यसपछि खेलमा कुनै गोल भएन र लेगानेजले लिगमा महत्वपूर्ण ३ अंक जोड्न सफल भयो। लेगानेजले दुवैको ६८ सेकेन्ड भित्र गरेको थियो। 

लेगानेज एकै बर्षमा रियल म्याड्रिड र बर्सिलना दुवैलाई पराजित गर्ने पहिलो टिम बनेको छ। ल लिगामा लेगानेजको यो पहिलो जित हो। ६ खेलमा लेगानेजको एक जित र एक बराबरीसहित केबल ४ अंक रहेको छ। हारका बाबजुद बार्सिलोना ६ खेलमा १३ अंकसहित लिगको शिर्ष स्थानमा रहेको छ। 

बार्सिलोनाले अगामी शनिबार एथलेटिको बिबाओसँग आफ्नै मैदानमा खेल्ने छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै