काठमाडौँ। स्पेनिस ला लिगामा म्याड्रिड डर्बी बिना कुनै गोल बराबरीमा सकिएको छ। गएराती भएको रियल म्याड्रिड र एथलेटिको म्याड्रिडबीचको खेल बिना कुनै गोल बराबरीमा सकिए पछि दुवैले एक एक अंक बाडेका छन् ।
रियलको यो सिजनमा दोस्रो बराबरी हो एथलेटिको म्याड्रिडको ७ खेलमा तेस्रो बराबरी हो। रियलको ७ खेलमा १४ अंकसहित दोस्रो स्थानमा छ भने एथलेटिको ७ खेलमा १२ अंक सहित चौथो स्थानमा रहेको छ।
यस खेलमा रियलक ग्यारेथ बेल घाइते भएको आशंका गरिएको छ। उनी घाइते भएको भन्दै हाफ टाइम पछि खेलिएको थिएन।