• २०८१ बैशाख २६ बुधबार

फेसबुकका पाँच करोड एकाउन्ट ह्याक, मानिसहरुको गोप्य सूचना चुहावट 

kharibot

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले आफ्ना ५ करोड प्रयोगकर्ताको एकाउन्ट ह्याक भएको जनाएको छ । कम्पनीका अनुसार ह्याकरहरुले भ्यु एज नामको फिचर प्रयोग गरी मानिसहरुको एकाउन्टसम्म पहुँच पुर्याएका हुन् । 

गत मंगलबार यसबारे खुलासा भएको हो । फेसबुकले यसबारे प्रहरीलाई अवगत गराएको जनाएको छ । यसरी ह्याकरको निशानामा परेकाहरुलाई गत शुक्रबार पुनः लग इन गर्न फेसबुकले सचेत गराएको थियो । 

अहिले उक्त समस्याको समाधान गरेको पनि फेसबुकले जनाएको छ । सबै ह्याकरको निशानामा परेका एकाउन्टहरु रिसेट गरिएको कम्पनीका प्रडक्ट म्यानेजमेन्टका उपप्रमुख गाई रोसेनले बताएको बीबीसीले जनाएको छ । त्यसबाहेक अन्य ४० मिलियन एकाउन्टलाई पनि सुरक्षित बनाउन कदम चालिएको उनको भनाइ छ । 

गत शुक्रबार सोही कारण फेसबुकको सेयरमा समेत ३ प्रतिशत गिरावट आएको थियो । फेसबुकका करिब २ बिलियन सक्रिय प्रयोगकर्ता रहेका छन् । 

फेसबुकले ह्याक भएका मानिएका एकाउन्टहरु कहाँका हुन् भन्नेबारे नखुलाए पनि आफ्नो आइरिश डाटा नियन्त्रकलाई यसबारे सचेत गराएको छ । जुन भनेको युरोपमा रहेको छ । 

फेसबुकले यसप्रति प्रयोगकर्तासँग माफी समेत मागेको छ । 

कम्पनीले फेसबुकका संस्थापक र मुख्य सञ्चालकहरुकै एकाउन्ट पनि उक्त आक्रमणमा परेको जनाएको छ । 

के हो भ्यु एज ? 
यो फेसबुकको एउटा प्राइभेसी फिचर हो जसले मानिसलाई आफ्ना प्रोफाइलहरु अरुलाई हेर्न दिने र नदिने गर्छ । साथीलाई, साथीको साथीलाई वा सबैलाई सूचना बाँड्ने कि नबाँड्ने भन्ने फिचर हो यो । ह्याकरहरुले यसमा धेरै बग्स पत्ता लगाई सूचना चुहावट गर्न सफल भएका हुन् । उनीहरुले फेसबुक एक्सेस टोकन लिएर यस्तो पहुँच पुर्याएका हुन् । एक्सेस टोकन भनेको डिजिटल किहरु भएको र यसले एपमा एकचोटि लग इन गरेपछि सधैँ पासवर्ड राखिराख्न नपर्ने सुविधा दिन्छ । पछिल्लो समय फेसबुकबारे अमेरिका र युरोपमा आलोचना भइरहेका बेला यस्तो खराब समाचार सार्वजनिक भएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै