• २०८१ बैशाख १४ शुक्रबार

बङ्गबन्धु गोल्डकप फुटबल : नेपालले आज ताजकिस्तानको सामना गर्दै, के भन्छन् कप्तान र प्रशिक्षक ? 

kharibot

बङ्गबन्धु गोल्डकपको पहिलो खेल अघि प्रशिक्षण गर्दै नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरु।

काठमाडौँ। बंगलादेशमा आजदेखि बङ्गबन्धु गोल्डकप फुटबल आजदेखि सुरु हुदै छ । खेल नेपाली समय अनुसार साँझ सवा ६ बजेदेखि हुने छ।  

नेपालले आफ्नो पहिलो खेल ताजकिस्तानसँग खेल्दै छ। असोज २६ गतेसम्म संचालन हुने यस प्रतियोगितामा नेपाल डिफेन्डिङ च्याम्पियनको रुपमा सहभागी हुदै छ।     

नेपाल प्रतियोगितामा कठिन समुहमा रहेको छ।  समुह ए मा नेपालभन्दा बलिया मानिएका टिम ताजकिस्तान र प्येलेस्टाइनसँग रहेको छ। ताजकिस्तानको कुरा गर्दा फिफा वरियतामा हाल १२०औ स्थानमा रहेको ताजकिस्तानसँग नेपालले  सन् २०१७ सेप्टेम्बर र अक्टोबरमा एसियन कप छनौटमा खेलेका दुई खेलमा पराजित भएको थियो।  युएइमा भएका दुवै खेलमा पहिलो खेलमा २-१ गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा ३-० गोल अन्तरले पराजित भएको थियो।       

यस प्रतियोगितामा नेपाली प्रमुख दुई खेलाडी सहभागी भएका छैनन्। गोलिकपर किरण चेम्जोङ र डिफेन्सिभ मिडफिल्डर रोहित चन्द भने विदेशी लिगमा व्यस्त रहेका कारण राष्ट्रिय टिममा खेल्न नआएका हुन् । उनीहरुको स्थानमा विशाल श्रेष्ठ र तेज तामाङ बंगलादेश गएका छन्। तेज पहिलो पटक नेपालको सिनियर टोलीमा परेका हुन्।

दुई साता अघि बंगलादेशमै भएको साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाट बाहिरिएको थियो। त्यस टोलीमा रहेका २० मध्ये १८ खेलाडी दोस्रो पटक बंगलादेश गएका हुन्।

राष्ट्रिय टोली बंगबन्धु खेल्न गएपछि एन्फाले हिजोदेखि सुरु गरेको पल्सर शहिद स्मारक ए डिभिजन लिग फुटबल भने भोलीदेखि प्रभावित हने भएको छ। राष्ट्रिय टोलीमा ए डिभिजन लिग खेल्ने पाँच क्लबका खेलाडी छन्। 

बंगबन्धु गोल्डकप खेल्ने नेपाली राष्ट्रिय टिमका खेलाडीहरु :

नेपाली टोलीमा गोलकिपर विकेश कुथु, एलान न्यौपाने, विशाल श्रेष्ठ, डिफेण्डरमा दिनेश राजवंशी, देवेन्द्र तामाङ, कप्तान विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, सुमन अर्याल, मिडफिल्डरमा हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का, तेज तामाङ र फरवार्डमा भरत खवास, विमल घर्ती मगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट छन् ।  

कप्तान विराज महर्जनले आफुहरुको लक्ष्य उपाधि फेरी जित्ने रहेको बताएका छन्। उनले प्रशिक्षण राम्रो भएको र यो खेल यस प्रतियोगिताका लागि महत्वपूर्ण रहेको बताए। नेपालले जसरी पनि जित्ने पर्ने उनले बताए। 

त्यस्तै नेपाली प्रमुख प्रशिक्षक बालगोपाल महर्जनले नेपालले अन्तिम समयमा आएर यस प्रतियोगितामा सहभागी भएकोले कम समयमा आफुहरु बंगलादेश आएको बताए । ताजकिस्तान बलियो टिम भएता पनि हामीले सतर्क भएर खेल्नु पर्ने बताए।    

साविक विजेता समेत रहेको नेपाल पाँचौ संस्करणको प्रतियोगितामा ताजिकिस्तान र प्यालेष्टाइनसँगै समूह ए मा छ। नेपालले असोज १५ देखि २६ गतेसम्म हुने बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगितामा नेपालले पहिलो खेल असोज १६ गते ताजकिस्तानसँग खेल्नेछ । त्यस्तै दोस्रो खेलमा असोज २० गते प्यालेस्टाइनसँग खेल्नेछ । समूह ‘ए’मा नेपालसहित प्यालेस्टाइन र ताजकिस्तान छन् । समूह ‘बी’मा आयोजक बङ्गलादेश, फिलिपिन्स र लाओस छन् ।

यस्तै समूह बी मा आयोजक बंगलादेश, लाओस र फिलिपिन्स छन्। दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै