• २०८१ बैशाख २५ मंगलबार

बङ्गबन्धु गोल्डकपको पहिलो खेलमा नेपाल ताजकिस्तानसँग पराजित

kharibot

काठमाडौँ। बंगलादेशमा जारी बङ्गबन्धु गोल्डकप फुटबलमा नेपाल पहिलो खेलमा पराजित भएको छ। नेपाललाई ताजकिस्तानले २-० गोल अन्तरले पराजित गरेको हो। 

नेपालविरुद्ध ताजकिस्तानले खेलको २७औ र ६९औ मिनेटमा गोल गरेको थियो। पहिलो हाफमा १-० ले पछाडी परेको नेपाल दोस्रो हाफमा थप एक गोल खाएको थियो।  

नेपालले पहिलो गोल पेनाल्टीबाट गोल खाएको थियो। खेलको २७औ मिनेटमा नेपालका अनन्त तामाङले ताजकिस्तानका खेलाडीलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिएका थिए । साथै अनन्तले पहेलो कार्ड पनि पाएका थिए । 

नेपालभन्दा तुलनात्मक रुपमा ताजकिस्तान बलियो टिम हो।  फिफा वरियतामा ताजकिस्तान अहिले १२०औ स्थानमा रहेको छ।  

असोज २६ गतेसम्म संचालन हुने यस प्रतियोगितामा नेपाल डिफेन्डिङ च्याम्पियनको रुपमा सहभागी भइरहेको छ। अब नेपालले दोस्रो खेलमा असोज २० गते प्यालेस्टाइनसँग खेल्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै