• २०८१ बैशाख १६ आइतबार

सिन्धुपाल्चोकको मेलम्चीमा कृषि विकास बैंकको एटिएम सेवा 

kharibot

काठमाडौं । कृषि विकास बैंकले सिन्धुपाल्चोकको मेलम्चीमा एटीएम सेवा सुरु गरेको छ । यही असोज १२ देखि बैंकले उक्त सेवा सुरु गरेको जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला र मेलम्ची नगरपालिकाका नगर प्रमुख डम्बर बहादुरले कार्यक्रमको उद्घाटन गरेका थिए । कृषि विकास बैंक क्षेत्रीय कार्यालय, काठमाडौका मुख्य निर्देशक चूडामणि तिम्सेनाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बैंकको मेलम्ची शाखाका प्रबन्धक तोलाकान्त अधिकारीले राखेका थिए ।  

बैकका प्रमुख कार्यकारी अधिकृत सिटौलाले बैंकले बढीभन्दा बढी क्षेत्रहरु समेटी लगानी वृद्धि तथा अन्य थप बैकिङ्ग सेवा सुविधा उपलव्ध गराउने विषयमा प्रकाश पारेका थिए । उनले सुरक्षित प्रतिफलका लागि आफूसँग रहेको जे÷जति बचत भएको रकम कृषि विकास बैंक लि.मा नै बचत गर्न अनुरोध समेत गरे । मेलम्ची नगरपालिकाका प्रमुख तथा उद्घाटन कार्यक्रमका विशिष्ठ अतिथि डम्बर बहादुर अर्यालले बैंकले मेलम्ची बजारको घरआंगनमा नै एटिएम सेवा उपलव्ध गराएको हुंदा आम स्थानीय जनताहरुले उक्त सेवाको उपभोग गर्न अनुरोध गरे ।

कार्यक्रममा कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय काठमाडौका निर्देशक तारानाथ पाण्डे, कृषि विकास बैंक लि.का प्रवक्ता हिमलाल पौडेल र कृषि विकास बैंक लि.केन्द्रीय कार्यालयका शा.अ. राजेन्द्र पराजुलीको समेत उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको सञ्चालन कृषि विकास बैंक लि.का क्षेत्रीय कार्यालय काठमाडौंका शा.प्र. दिलीप श्रेष्ठले गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै