• २०८१ बैशाख १५ शनिबार

नेपाल मेडिकल हब अभियान : बंगलादेशीहरु उपचारको लागि अब मेडिसिटी आउने

kharibot

काठमाडौँ। नेपाललाई मेडिकल हबको रुपमा विकाश गरी मेडिकल टुरिजमको उत्कृष्ट गन्तब्यको रुपमा नेपाललाई विश्वसामु प्रस्तुत गर्ने उद्देश्यले नेपाल मेडिसिटीले प्रवर्धन अभियानको थालनी गरेको छ । 

बंगलादेश स्थित नेपाली राजदुतावासको सहयोगमा नेपाललाई उपचारको राम्रो गन्तब्यको रुपमा पहिचान गराउन ढाकामा एक अन्तरक्रिया कार्यक्रम मार्फत बंगलादेशीहरुलाई नेपालमा उपचारको लागि आउन आव्हान गरिएको छ । 

बंगलादेशका उद्योगपति, पर्यटन ब्यवशायी, चिकित्सक, पत्रकारहरुसंगको अन्तरकृयामा नेपाल मेडिसिटीका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयरामले नेपालको हावापानी, रहनसहन, संस्कृति र आतिथ्यको साथमा विश्वस्तरको अस्पतालको सुविधा लिन बंगलादेशीहरुलाई नेपाल सहज गन्तब्य हुने बताए । 

भारत लगायतका अन्य देशहरु भन्दा धेरै कम शुल्कमा विश्वस्तरीय सुविधा प्राप्त गर्न सकिने र ढाकाबाट काठमाडौ पुग्न करिब डेढ घण्टा मात्र लाग्ने भएकोले छिटो, छरितो र सुलभ उपचारका लागि बंगलादेशीहरुलाई नेपालले आकर्षित गर्ने जयरामले बताए । 

बंगलादेशका लागि नेपालका राजदुत महामहिम प्रा.डा. चोपलाल भुसालले नेपालले पर्यटनका अलावा सेवा क्षेत्रलाई पनि प्रमुखताका साथ प्रवर्धन गर्न सक्ने बताउदै स्वास्थ्य उपचारका क्षेत्रमा नेपालले धेरै राम्रो काम गरेको बताए । 

विशेष गरी आंखा उपचारमा भारत, बंगलादेश लगायतका देशहरुबाट धेरै संख्यामा नेपाल जाने गरेकोमा अब विश्वस्तरको भरपर्दो सेवाका लागि नेपालले आफूलाई विश्वसामु प्रस्तुत गरेको बताए । 

नेपाली राजदुतावास, बंगलादेशका डेपुटी चीफ अफ मिशन धन बहादुर ओलीले धेरै बंगलादेशीहरु उपचारका लागि भारत गईरहेको सन्दर्भमा उनीहरुलाई उपचारका लागि नेपाल तर्फ आकर्षित गर्न आफूहरुले सहयोग गर्ने बताए । बंगलादेशीहरुलाई भिजा सहजताका कारणले नेपालमा उपचार गर्न जान सजिलो हुने उनले बताए । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै