• २०८१ जेठ १ मंगलबार

चेल्सीको जितमा मोराटाले गरे निर्णायक गोल 

kharibot

काठमाडौँ।  युरोपा लिग अन्तर्गत प्रिमियर लिग क्लब चेल्सीले हंगेरीको क्लब भिडीलाई पराजित गरेको छ। गएराती भएको खेलमा चेल्सीले भिडीलाई १-० गोल अन्तरले पराजित गर्दै युरोपा लिगमा खेलेका दुवै खेलमा जित हासिल गरेको छ। 

चेल्सीको जितमा स्पेनिस खेलाडी अल्भारो मोराटाले खेलको ७०औ मिनेटमा गरेको एक गोल  भएको थियो। लामो समय गोल गर्न नसकेका मोराटाले गोल गर्दै चेल्सीलाई जिताएका छन्।  सो गोल विलियनले असिस्ट गरेका थिए। मोराटाले गत अगस्तको मध्यपछि पहिलो गोल गरेका छन्। 

साथै चेल्सीले सबै प्रतियोगितामा लगातार १०औ खेलमा अपराजित रहेको छ। 

चेल्सी अब अर्को खेल प्रिमियर लिगमा आगामी आइतबार साउथहम्पटनसँग खेल्ने छ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै