• २०८१ बैशाख १७ सोमबार

साफ यू–१८ महिला च्याम्पियनसिप फाइनलमा नेपाल र बंगलादेश भिड्दै  

kharibot

काठमाडौँ। भुटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । 

भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा हुने फाइनल खेल आज साँझ सात बजेदेखि सुरु हुनेछ । समूहको उपविजेता बन्दै अर्को चरणमा पुगेको नेपाली टोलीले सेमिफाइनलमा उपाधि दावेदार भारतलाई पेनाल्टी शुटआउटमा पराजित गरेपछि फाइनल पुगेको हो। 

फाइनल खेलमा बंगलादेश बलियो दाबेदारको रुपमा देखिन्छ । किनभने, समूह चरणको खेलमा पनि नेपाल र बंगलादेश आमने सामने हुँदा नेपाल २–१ गोलले पराजित भएको थियो । बंगलादेश सेमिफाइनलमा घरेलु टोली भुटानलाई ४–० गोलले हराएर फाइनलमा पुगेको हो । 

नेपालले सेमिफाइनलमा भारतलाई पेनाल्टी शुटआउटमा ३–१ गोलले हराउँदै बंगलादेशसँगको उपाधि भिडन्त पक्का गरेको हो । नेपाली खेलाडी रेखा पौडेल अहिले उच्च लयमा छिन् । पहिलेसम्म ७ गोल गरेकी उनी प्रतियोतिगतामा धेरै गोल गर्ने खेलाडीमा दोस्रो स्थानमा छिन् । 

फाइनल अघि आजै तीन बजेदेखि तेस्रो स्थानका लागि हुने खेलमा भुटान र भारतले प्रतिस्पर्धा गर्दैछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै