• २०८१ बैशाख १४ शुक्रबार

आज पनि दोहोरो अङ्कले घट्यो सेयर बजार

kharibot

काठमाडौं । साताको पहिलो कारोवार दिन आईतबार नै सेयर बजार परिसुचक नकारात्मक देखिएको छ ।  परिसुचक आज १३ दशमलव एक अंकले घटेर १२ सय १४ दशमलव ३६ विन्दुमा झर्दा सेन्सिटिभ दुई दशमलव ७१ अंकले घटेर दुई सय ५७ दशमलव ५३ विन्दुमा झरेको छ । एक सय ६० कम्पनीहरुको चार हजार सात सय ४५ वटा कारोवारमा १३ लाख ३७ हजार पाँच सय २६ कित्ता सेयर खरिद बिक्री भएकाछन ।

उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ४० करोड ७५ लाख एक हजार चार सय ८१ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज १० वटा समुहको कारोवार भएकोमा अन्य र लघुवित्त समुहको सुचकमा झिनो अंकले सुधार आएपनि बाँकी आठ वटा समुहको सुचक उच्च विन्दुले घटेकाछन ।

वाणिज्य बैंक समुहको सुचक १३ दशमलव ५३ अंकले घटेर एक हजार ६५ दशमलव चार विन्दुमा झर्दा १९ करोड ८६ लाख ८९ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

जलबिद्युत समुहको सुचक पनि दुई दशमलव ८३ अंंकले घटेर १३ सय ८० दशमलव १६ विन्दुमा झर्दा दुई करोड ७६ लाख ६५ हजार सात सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

यसैगरी निर्जिवन बीमा समुहको सुचक पनि एक दशमलव दुई दशमलव २५ अंकले घटेर पाँच हजार छ सय ४८ दशमलव ४९ विन्दुमा झर्दा तीन करोड २३ लाख ४३ हजार पाँच सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । विकास बैंक, लघुवित्त, होटल र फाईनान्स समुहको सुचक पनि उच्च अंकले घटेकाछन । 

आज बढी कमाउने कम्पनीको सूचीमा अग्रस्थानमा परेको नाडेप लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ रुपैयाँ ९८ पैसाले बढेर १३ सय ५५ रुपैयाँको सेयर खरिद बिक्री भएको छ भने गुमाउने कम्पनीको सूचीमा अग्रस्थानमा परेको लक्ष्मी लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ रुपैयाँ ९३ पैसाले घटेर आठ सय ७९ रुपैयाँमा खरिद बिक्री भएको छ ।

रकम कारोवारका आधारमा अग्रस्थानमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता नौ सय ३२ रुपैयाँ अन्तिम मूल्यमा दुई करोड छ लाख १८ हजार ३१ रुपैयाँको खरिद बिक्री भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै