• २०८१ बैशाख १४ शुक्रबार

प्रिमियर लिगमा फुलह्याममाथि आर्सनलको शानदार जित 

kharibot

काठमाडौँ।  इङलिश प्रिमियर लिगमा आर्सनलले फुलह्याममाथि सहज जित हासिल गरेको छ।  आइतबार भएको खेलमा आर्सनलले फुलह्यामलाई ५-१ गोल अन्तरले पराजित गरेको छ। 

आर्सनलका लागि एलेक्जेन्द्रे लकाजेटे र एमेरिक औबामेयाङ्गले २-२ गोल गरे भने एरोन रामसिले एक गोल गरेका थिए। फुलह्यामका लागि आन्द्रे शुरेलले एक गोल गरेका थिए। यस खेलमा एरोन रामसिले दुई गोल असिस्ट पनि गरेका थिए। 

जितपछि आर्सनल ८ खेलमा १८ अंक सहित तेस्रो स्थानमा उक्लिएको छ भने फुलह्याम ८ खेलमा केबल ५ अंक सहित लिगको १७औ स्थानमा रहेको छ । 

आर्सनलले अब अर्को खेल १५ दिन पछि अक्टोबर २२ मा लेस्टर सिटीसँग खेल्ने छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै