• २०८१ बैशाख १५ शनिबार

साफ यू-१८ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित हुँदै नेपाल दोस्रो स्थानमा

kharibot

काठमाडौँ। साफ अठार वर्षमुनि महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि बङ्गलादेशले हात पारेको छ । 

भुटानको थिम्पुस्थित चाङलिमिथाङ रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा नेपाल बङ्गलादेशसँग १–० गोलअन्तरले पराजित भएपछि बङ्गलादेशले उपाधि माथि कब्जा जमाएको हो । 

बङ्गलादेशका लागि मसुरा पर्विनले गोल गरिन् । उनले खेलको ४९औँ मिनेटमा गरेको एक गोल नै बङ्गलादेशको लागि निर्णायक सावित भयो । समूह ‘बी’ मा रहेको नेपाल बङ्गलादेशसँग समूह चरणको खेलमा २–१ गोलअन्तरले पराजित भएको थियो ।

त्यस्तै सेमिफाइनलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ३–१ गोलन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै