• २०८१ बैशाख १४ शुक्रबार

कपिल शर्माको स्वास्थ्यमा सुधार, टिभी शोमा फर्किने तयारी 

kharibot

मुम्बई । चर्चित भारतीय कमेडियन कपिल शर्माको स्वास्थ्यमा सुधार भएपछि हाल बन्द भएको उनको चर्चित शो फेरी सुरु हुने भएको छ । 

भारतीय मिडिया रिपोर्टका अनुसार स्वास्थ्यमा लगातार समस्या देखिएपछि कपिल शर्माको सहमतिमा सोनी टिभीले शो नै बन्द गरेको थियो । 

स्वास्थ्यमा सुधार भएपछि अब कपिल शर्मा अक्टोबर देखि द कपिल शर्मा शो सुरु हुने भएको हो कपिल शर्माको हाल डिप्रेशन र ब्लड प्रेशरको उपचार भैरहेको छ । 

कपिल शर्मा लागातार विरामी हुँदा उनको शोमा आएका बलिवुडका स्टार शाहरुख खान, अजय देवगन, अक्षयकुमार जस्ता स्टारहरु सुटिंग नगरी फर्किनु परेको थियो । 

हालै बलिवुडकी गायिका लता मंगेशकरले आफु कपिल शर्माको ठुलो फ्यान भएको र शो बन्द हुदा दुखि भएको प्रतिक्रिया दिएकी थिइन्  । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै