• २०८१ बैशाख १७ सोमबार

कृषिमा आधुनिकिकरण नभएसम्म कृषक आत्मनिर्भर हुँदैन : मन्त्री साह

kharibot

काठमाडौँ। प्रदेश नम्बर २ का भुमि , कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले कृषिमा आधुनिकिकरण नभए सम्म कृषक आत्मनिर्भर नहुने बताएका छन् । 

बाराको तेतरीयामा साना किसान कृषि सहकारी संस्थाको ८ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले अहिले पनि यस प्रदेशका कृषकहरु पुरानो शैलिमा खेती गरीरहको बताउदै कृर्षिमा आधुनिकिकरण नभए सम्म कृषक आत्मनिरभर नहुने बताएका हुँन् ।

मन्त्री साहले सहकारी मार्फत राज्यमा आर्थिक र समाजिक परिर्वतनको परिकल्पना गरेको बताउदै तिन खम्बे अर्थनिती ब्यवहारमा आउन नसक्दा सहकारी मार्फत सोचे अनुरुपको प्रतिफल लिन नसकेको बताए ।

उनले सहकारी ऐनले निर्दिष्ट गरे अनुसार प्रदेश तथा स्थानिय सरकारहरुले सहकारीलाई नियमन र ब्यवस्थापन गर्न सहकारीमैत्री ऐन ल्याउन आवश्यक रहेको बताए । साथै मन्त्रि साहले प्रदेश सहकारी ऐन निर्माणको अन्तिम चरणमा रहेको बताउदै सहकारी मैत्री हुने बताए । 

यसैगरी प्रदेश नम्बर २का प्रदेशसभा सदस्य पारस साहले महिलाको उल्लेख्य सहभागीता नरहेको वितीय संस्थाले प्रगती नगरेको दर्शाउदै महिलालाई मुख्य प्रथमिक्तामा राखेका संस्थाको राम्रो प्रगती भएको बताए । 

संस्थाका अध्यक्ष कान्ति देविको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य बच्चा यादव , पूर्व संसाद प्रमोद प्रसाद गुप्ता , करैयामाईका अध्यक्ष भुवनेश्वर धामी , नेपाल कृषि सहकारी केन्द्रिय संघका संचालक शिवप्रसाद अधिकारी , बारा बचत तथा ऋण सहकारी संघका अध्यक्ष सत्येन्द्र ठाकुर , साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्रीलाल सहनी , साना किसान कृषि सहकारीसंस्था मनहर्वाका अध्यक्ष नयनकला खड्का लगाएतको सहभागीता रहेको थियो। 

भुपेन्द्र चौधरीको सहजिकरणमा सम्पन्न कार्यक्रममा संचालक किरण चौधरीले स्वागत मन्तब्य राख्नुभएको थियो । 

खरीबोटकर्मी सम्मानित

यसैगरी सानाकिसान कृषि सहकारी संस्था तेतरीयाले सहकारी प्रतिको स्नेह , खबरदारी र जिम्मेवारी बहन गरेको भन्दै खरीबोटकर्मी श्याम गुप्तालाई कदरपत्र सहित सम्मानित गरेको छ । 

साथै सहकारीलाई सहयोग गर्ने विभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरेको छ । संस्थाले सहकारीका बृद्ध, अपाङ्ग र सदस्य परिवारका उत्कृष्ट विद्यार्थीहरुलाई पनि सम्मानित गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै