• २०८१ बैशाख १४ शुक्रबार

आँखुखोला जलविद्युत्को १३ करोड ७६ लाख रुपैयाँको साधारण सेयर आजबाट

kharibot

काठमाडौं । आँखुखोला जलविद्युत् कम्पनीले १३ करोड ७६ लाख दुई हजार रुपैयाँ बराबरको साधारण सेयरको बिक्री खुल्ला गरेको छ ।

कम्पनीले असोज २३ गते आज मंगलबारबाट आयोजना प्रभावित क्षेत्रका जनताको लागि एक सय रुपैयाँ अंकित मूल्य कायम रहनेगरी १३ लाख ७६ हजार २० कित्ता साधारण सेयरको बिक्री खुल्ला गरेको हो । 

कम्पनीका अनुसार स्थानीय बासिन्दाको लागि १२ लाख कित्ता सेयर छुट्याएको र सोमध्ये आठ लाख कित्ता सेयर २०७५ असोज चार गते तै बाँडफाँट कार्य सम्पन्न भईसकेको छ । त्यसमा पनि  बिक्री नभएको बाँकी एक लाख ७६ हजार २० कित्ता सेयर समेत गरी कुल १३ लाख ७६ हजार २० कित्ता साधारण सेयर बिक्री गरेको हो ।

सो मध्ये ६८ हजार आठ सय एक कित्ता सामूहिक लगानी कोषका लागि, २७ हजार पाँच सय २० कित्ता कर्मचारीको लागि र बाँकी रहेको सेयर स्थानीयस्तरमा बिक्री गरिने कम्पनीले जानकारी दिएको छ ।  

अधिकृत पुँजी एक अर्ब १५ करोड तथा जारी पुँजी ८० हजार रुपैयाँ रहेको कम्पनीको हाल चुक्ता पुँजी ६० करोड रुपैयाँ रहेको छ । उद्योग प्रभावित क्षेत्रका जनतालाई सेयर बिक्री गरेपश्चात कम्पनीको चुक्ता पुँजी ६८ करोड रुपैयाँ पुग्ने छ भने पुरै सेयर बिक्री गरेपश्चात् कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्ने छ ।

सेयर निष्काशन तथा बिक्री प्रर्वन्धक सिभिल क्यापिटल मार्फत असोज २३ गतेबाट खुल्ला हुने साधारण सेयरको बिक्री कार्य छिटोमा असोज २६ गते र ढिलोमा कात्र्तिक आठ गते बन्द हुने छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै