• २०८१ बैशाख १५ शनिबार

सेभ द चिल्ड्रेन र नेपाल मेडिसिटी अस्पतालबीच सेवा आदानप्रदानको सम्झौता 

kharibot

काठमाडौं । भैसेपाटीमा अवस्थित नेपाल मेडिसिटीमा सोमबार सेभ द चिल्ड्रेन नेपाल र नेपाल मेडिसिटीबीच विशेष सम्झौता भएको छ ।  

सेभ द चिल्ड्रेनकी डेपुटी कन्ट्री डाइरेक्टर बन्दना रिजाल र नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेसँगै सम्झौता कार्यान्वयनमा आउने भएको हो । 

बालबालिकाले नै देशको भविष्य निर्माणमा मुख्य भूमिका खेल्ने भएकाले सो क्षेत्रमा कार्य गर्र्दै आएको सेभ द चिल्ड्रेनका कर्मचारीका लागि स्वास्थ्य सेवा प्रदान गर्न पाएकोमा अस्पतालका महाप्रबन्धक विजय रिमालले खुशी व्यक्त गरेका छन् । समाजिक सेवा गर्र्दै आएको सेभ द चिल्ड्रेन नेपालका अभियानमा साथ दिन पनि अस्पताल तयार रहेको छ । 

ललितपुरमा रहेको नैपालकै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने सुविधा सम्पन्न अस्पतालले देशैभरका विभिन्न अवस्थामा रहेका बालबालिका सम्म उच्चस्तरिय सेवा प्रदान गर्ने लक्ष्य राखेकोमा यस सम्झौताले विशेष भूमिका खेल्ने विश्वास सेभ द चिल्ड्रेनका मदन ज्ञवालीले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै