• २०८१ बैशाख १४ शुक्रबार

सुदूरपश्चिम प्रदेश सरकारमा राज्यमन्त्री थपिए

kharibot

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा कञ्चनपुरका प्रकाश रावल राज्यमन्त्रीमा नियुक्त भएका छन् । 

उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका रावललाई मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले पद तथा गोपनीयताको सपथ गराएका छन्।

रावल कञ्चनपुर क्षेत्र नम्बर ३ को ‘क’ बाट विजयी प्रदेश सांसद हुन्। 

रावलको नियुक्तिसँगै अब सुदूरपश्चिम प्रदेश सरकार आठ सदस्यीय भएको छ । उनी राज्यमन्त्री भएको मन्त्रालयमा बैतडीकी मायादेवी भट्ट मन्त्री रहेकी छन्। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै