• २०८१ बैशाख २४ सोमबार

कर्णालीमाथि सुदूरपश्चिम प्रदेशको फराकिलो जित

kharibot

काठमाडौँ । सुदूरपश्चिम प्रदेशले जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ ।

मंगलबार भैरहवा क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई १३४ रन अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो ।

सुदूरपश्चिम प्रदेशले दिएको २७८ रनको लक्ष्य पछाएको कर्णाली प्रदेशले ३७.२ ओभरमा अल आउट हुदै १४३ रन बनाएको थियो ।

कर्णालीलाई अल आउट गर्नेक्रममा शेर मल्लले सर्बाधिक ४ विकेट लिएका थिए भने बिकाश आग्रीले २ विकेट लिएका थिए ।

यसअघि पहिला ब्याटिंग गर्दै सुदूरपश्चिम प्रदेशले ५० ओभरमा ५ विकेट गुमाएर २७७ रन बनाएको थियो । सुदूरपश्चिमका लागि खड्क बोहोराले सर्बाधिक ८० रन बनाएका थिए भने टेक रावतले ५९ र किरण ठगुन्नाले ५० रन बनाएका थिए ।

यो जितपछि सुदूरपश्चिमले लगातार दोस्रो जित हासिल गर्दै २ खेलमा ४ अंक हासिल गरेको छ । त्यस्तै कर्णाली प्रदेशको २ खेलमा एक जित र एक हारसहित २ अंक रहेको छ ।

अब सुदूरपश्चिम प्रदेशले अर्को खेल बिहिबार भैरहवामा गण्डकी प्रदेशको सामना गर्ने छ । त्यस्तै कर्णाली प्रदेशले बुधबार भैरहवामा नै लुम्बिनी प्रदेशको सामना गर्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै