• २०८१ बैशाख २४ सोमबार

गण्डकीमाथि सुदूरपश्चिम प्रदेशको फराकिलो जित

kharibot

काठमाडौँ । सुदूरपश्चिम प्रदेशले जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको छ ।

विहिबार भैरहवामा सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई १०८ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित हासिल गरेको हो ।

सुदूरपश्चिमले दिएको २०२ रनको लक्ष्य पछाएको गण्डकी प्रदेश ३०.२ ओभरमा ९३ रन बनाएर अल आउट भएको थियो ।

गण्डकीका लागि अस्वानी रानाले २५ तथा कमल परियारले २२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । गण्डकीलाई कम रनमा आउट गर्नेक्रममा सुदूरपश्चिमका बलर शेर मल्लले ५ विकेट लिएका थिए ।

यस अघि पहिला ब्याटिंग गर्दै सुदूरपश्चिम प्रदेशले ५० ओभरमा अल आउट हुदै २०१ रन बनाएको थियो । सुदूरपश्चिमका लागि  किरण ठगुन्नाले सर्बाधिक ६० रन बनाएका थिए भने नारायण जोशीले ४६ रन बनाएका थिए । त्यस्तै गण्डकीका बलर विपिन खत्री र अंकित न्यौपानेले ३-३ विकेट लिएका थिए ।

जारी प्रधानमन्त्री कपमा यो सुदूरपश्चिमको लगातार तेस्रो जित हो । यो जितपछि सुदूरपश्चिमको ३ खेलमा ६ अंक भएको छ । त्यसैगरी गण्डकी प्रदेशको भने यो लगातार तेस्रो हर हो ।

अब सुदूरपश्चिमले अर्को खेल आगामी सोमबार टियु मैदानमा मधेश प्रदेशविरुद्ध खेल्ने छ भन गण्डकी प्रदेशले आइतबार मुलपानी मैदानमा कोशी प्रदेशविरुद्ध खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै