• २०८१ बैशाख १८ मंगलबार

नेपाल इन्भेष्टमेन्ट बैंकको एनआईबीएल मास्टरकार्ड

kharibot

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले मास्टरकार्डसँग सहकार्य गरी मास्टर डेबिट कार्डको उद्घाटन गरेको छ । आफ्ना ग्राहकहरुलाई आर्थिक कारोबारमा सहजता प्रदान गर्ने उद्देश्यले मास्टरकार्डसँग सहकार्य गरिएको बैंकले जनाएको छ । 

मास्टरकार्ड उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले मास्टरकार्डसँग सहकार्य गर्न पाएकोमा खुसीलागेको बताउँदै आफ्ना सञ्जाल बैंकमार्फत मास्टरकार्डको सेवालाई नेपाली बजारमा विशेष रुपले विस्तार गर्ने विश्वास दिलाए ।

कार्यक्रममा मास्टरकार्डका दक्षिण एशियाली आर्थिक व्यवस्थापनका उपप्रमुख विकास बर्माले नेपालमा पछिल्लो समय विद्युतीय भुक्तानीमा देखिएको विकासक्रमको प्रशंसा गरेका थिए । उनले नेपाल इन्भेष्टमेण्ट बैंकसँग भएको मास्टरकार्डको सहकार्यले थप भूमिका खेल्नेमा आशावादी रहेको बताए । 

बैंकले आन्तरिक तथा बाह्य बजारलाई लक्षित गरी दुई प्रकारको कार्ड प्रयोगमा ल्याएको छ । स्थानीय कार्ड नेपाललगायत भारतमा समेत प्रयोग गर्न सकिन्छ भने अन्तर्राष्ट्रिय कार्ड विश्वभर प्रयोग गर्न सकिन्छ । 

 नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मास्टरकार्डको सहकार्यमा एनआईबीएल मास्टरकार्डको उद्घाटनसंगै तीन महिनासम्म आफ्ना ग्राहक महानुभावलाई विना कुनै शुल्क कार्ड जारी गर्ने र साथै यस्तो मास्टरकार्डबाट कारोवार गरेवापत नगद फिर्ता भुक्तानी पनि उपलब्ध गराउने योजना बैंकले ल्याएको छ । यसका लागि भने केही शर्तहरु लागू हुने बैंकले जनाएको छ । 

बैंकले दशैँको मुखैमा मास्टरकार्डले आर्थिक कारोबार गर्न सहयोग पुग्ने विश्वास लिएको छ ।  

७७ वटा शाखा पुगेको बैंकको नौ लाखभन्दा बढी उपभोक्ता नेपालमा रहेका छन् । अहिलेसम्म २६५७ वटा पस मेसिन जडान भइसकेका छन् भने १०५ वटा एटिएम पुगेको बैंकको भनाइ छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै