• २०८१ बैशाख २७ बिहीबार

पौडेल र सिटौलाको विरोधपछि काँग्रेस केन्द्रीय समिति बैठक अनिश्चित 

kharibot

काठमाडौं।  नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएसँगै फेरि  भन्ने बारे अनिश्चित बनेको छ। बिहीबारका लागि बोलाइएको बैठक बुधबार विज्ञप्ति सार्वजनिक गर्दै अनिश्चितकालका लागि स्थगित भएको हो। 

यसअघि गत शुक्रबार बस्ने भनिएको कांग्रेस बैठक सोमबारका लागि सरेको थियो। यद्यपी नेताबीचको कुराकानीपछि बैठक आइतबार नै भएको थियो। आइतबारको बैठकमा नेताबीच विवाद हुँदा बिहीबारका लागि बोलाइएको थियो। 

यसअघि भदौ २८ गते बस्ने भनिएको बैठक पनि नेताबीचको विवादले बिना सूचना अनिश्चितकालका लागि स्थगित भएको थियो।  कांग्रेस मुख्य सचिव कृष्णपसाद पौडेलले बुधबार अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि बैठक स्थगित भएको जानकारी दिए।

नेविसंघको उमेरहद तोक्ने विषयमा काँग्रेस केन्द्रीय समितिले गरेको निर्णय प्रति कृष्णप्रसाद सिटौला, रामचन्द्र पौडेललगायतका नेताहरुले नोटअफ डिसेन्ट लेखेपछि काँग्रेसको विवाद सतहमा आएको छ । सभापति शेरबहादुर देउवा समुह बाहेकका नेताहरुले केन्द्रीय समिति बैठक नै बहिष्कार गर्ने बताएपछि काँग्रेसको केन्द्रीय समिति बैठक स्थगित  बताइएको छ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै