काठमाडौं / प्रधानसेनापति पूर्णचन्द्र थापाले गोरखा र धादिङका सेनाका ब्यारेकको भ्रमण गरेका छन् ।
थापाले गोरखामा रणसिंह दल गण र धादिङमा रहेको ६ नं., बाहिनी अड्डाको बुधबार निरीक्षण भ्रमण गरेको जंगी अड्डाले जनाएको छ ।
निरीक्षण भ्रमणमा प्रधानसेनापति थापाले उक्त बाहिनी र गणको वस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुका साथै सकलदर्जालाई सम्बोधन गरेका थिए ।
निरीक्षण भ्रमणको क्रममा उनी २३ गते रणसिंह दल गण गोरखातर्फ गई बुधबार नै काठमाण्डौं फिर्ता भएको सेनाले जनाएको छ ।