• २०८१ बैशाख २१ शुक्रबार

प्रतिनिधि सभामा वामदेवको आवश्यकता छ - कृषिमन्त्री खनाल 

kharibot

काठमाडौं।  कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले नेकपाका प्रभावशाली नेता वामदेव गौतम प्रतिनिधि सभामा आवश्यक भएको बताएका छन्। 

राजनीतिक हिसाबले महत्वपूर्ण व्यक्ति भएकाले वामदेव संसदमा चाहिने उनको तर्क छ। ‘उहाँ पार्टीको वरिष्ठ नेता हो। राजनीतिक हिसाबले महत्वपूर्ण व्यक्ति हुँदै हो। उहाँ चुनाव उठ्नुपर्छ। जित्नुपर्छ भन्ने कुरा आँफैमा ठिक पनि छ’, शुक्रबार रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘तर अर्को पक्ष के हो भने त्यो विषय पार्टीभित्र छलफल हुनुपर्छ। त्यसको आवश्यकत्ता महसुस हुनुपर्छ।’

उनले गौतमको आवश्यकता प्रतिनिधि सभामै भएको प्रष्ट पार्दै संसदमा लानुपर्ने कुराको औचित्य भने पुष्टि हुनुपर्ने बताए। ‘प्रतिनिधिसभामा उहाँको आवश्यक नहुने भन्ने कुरा होइन, उहाँको आवश्यकता छ। तर, चुनाव भएको एक वर्षपनि भएको छैन’, उनले भने, ‘अरुलाई राजीनामा गराएर उहाँलाई ल्याउनको लागि केही औचित्य पुष्टि गर्नुपर्छ।’ 

यद्यपी मन्त्री खनालले पार्टीका प्रभावशाली नेता गौतमलाई चुनाव लडाउने भनेर पार्टीभित्र कुनै निर्णय नभएको स्पष्ट पारे। ‘स्थायी समितिमा अहिलेसम्म कुनै आधिकारिक सूचना हामीलाई केही पनि छैन। तर माननीय सांसद रामवीर मानन्धरले पार्टीसमक्ष राजीनामा गर्नुभयो भन्नेमात्रै सुनिएको छ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै