• २०८१ बैशाख १५ शनिबार

सामाजिक सद्भाव राष्ट्रिय एकताको आधार हो : उपप्रधानमन्त्री पोखरेल

kharibot

काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले चाडपर्व भनेको रमाइलो गर्ने पाटो मात्र नभई सामाजिक र सांस्कृतिक सम्बन्धलाई बलियो तुल्याउने आधार भएको बताए ।

विजया दशमी, दिपावली, नेपाल सम्बत् तथा छठ पर्वको उपलक्ष्यमा सञ्चारकर्मीका लागि आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले सो धारणा व्यक्त गरे ।

नेकपाका सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले भने, “बहुभाषिक, बहुजाति, बहुधार्मिक र बहुसंस्कृति भएको देशका नागरिकका हैसियतले हामीले एक–अर्कालाई सम्मान गर्ने, सद्भावपूर्ण व्यवहार गर्ने र सामाजिक सम्बन्धलाई बलियो तुल्याउने काम गर्दै आएका छौँ ।”

सामाजिक सद्भाव राष्ट्रिय एकताको आधार भएको बताउँदै उनले भने,“सामाजिक सद्भाव र एकतामा खलल भयो भने राष्ट्रिय एकतालाई कमजोर बनाउँछ । त्यसैले हामी सबैले सामाजिक सद्भावलाई बलियो बनाउने सङ्कल्प गर्नुपर्दछ ।”

निर्वाचन घोषणापत्र एवं नीति तथा कार्यक्रममा व्यक्त गरिएको प्रतिबद्धताबाट आफूहरु किञ्चित पनि विचलित नहुने स्पष्ट पार्दै उपप्रधानमन्त्री पोखरेलले घोषणा गरिएका प्रतिबद्धता र नीति कार्यक्रमकै आधारमा निर्देशित भएर विकास र समृद्धिका काम अघि बढिरहेको बताए । कार्यक्रममा सञ्चार मन्त्रालय मातहत निकायहरुका प्रमुख एवं वरिष्ठ सञ्चारकर्मीहरु पनि सहभागी थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै