• २०८१ बैशाख १८ मंगलबार

भूमाफियाले कब्जा गरेका सरकारी जग्गा फिर्ता लिइन्छ- उपप्रधानमन्त्री पोखरेल

kharibot

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले भूमाफियाले कब्जा गरेका सरकारी जग्गा फिर्ता गराइने बताएका छन् ।

काठमाडौँ महानगरपालिका–५ अन्तर्गतको सरकारी जग्गामा सरकारी बोर्ड राख्ने कार्यक्रममा आज उनले सरकार सुशासन कायम गराउन प्रतिबद्ध रहेको बताएका हुन् । 

काठमाडौँ पहेँलो पुलस्थित सरकारी जग्गालाई भूमाफियाले प्रयोग गरेपछि आज उपप्रधानमन्त्री पोखरेल र भूमि व्यवस्था, सहकारी तथ गरिबी निवारणमन्त्री डा शिवमाया तुम्वाहाङ्फेको उपस्थितिमा ‘यो जग्गा नेपाल सरकारको हो’ भनी लेखिएको बोर्ड राखिएको छ ।

 कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले सरकारी जग्गालाई दुरुपयोग गर्नेलाई कडा कारवाही गर्ने बताए । उनले सरकारी जग्गा दुरुपयोग हुन नदिन स्थानीयवासीसमेत चनाखो हुनुपर्ने धारणा राखे । उनले राजनीतिक आग्रह वा पूर्वाग्रहभन्दा पनि सार्वजनिक जग्गाको रक्षा गर्ने सरकारको अभियान भएको बताए ।

भूमि व्यवस्थामन्त्री तुम्वाहाङ्फेले सार्वजनिक जग्गाको अतिक्रमण गर्ने क्रम बढेकाले सरकारले आफ्नो जग्गा आफ्नो नाममा ल्याउने अभियानलाई तीव्रता दिने जानकारी दिए । काठमाडौँ क्षेत्र नम्बर ५ का प्रदेश सांसद नारायण सिलवालले २०२१ सालमा खोलाले धार काटेपछि बाँकी रहेको जग्गालाई व्यक्तिले गुठीको नाममा दर्ता गरी मोही कायम गरेकाले त्यसलाई फिर्ता गरिएको बताए ।

सरकारी टोलीले आज महानगरपालिका–५ मा रहेको कित्ता नम्बर २०८, २१०, २४७, २४९, २५१ गरी कूल दुई हजार ९०८ दशमलव ४४ वर्गकिलोमिटर अतिक्रमित जग्गामा सरकारी बोर्ड राखेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय